free website hit counter

एप्पलले कमायो कीर्तिमानी मुनाफा

beemaadmin
२०७६ माघ १७, शुक्रबार

एजेन्सी ।  एप्पल कम्पनीले अक्टोबर–डिसेम्बर त्रैमासमा कीर्तिमानी आम्दानी र मुनाफा आर्जन गरेको छ । आइफोन– ११ को बिक्री बढेसँगै कम्पनीको आम्दानी र मुनाफा दुबै उच्च दरले बढेको बताइएकोछ । सन् २०१९ को अन्तिम त्रैमासमा कम्पनीको मुनाफा ११.४ प्रतिशतले बढेर २२ अर्ब २० करोड डलर पुगेको छ। प्रतिकित्ता शेयरका आधारमा भने कम्पनीको मुनाफा ४.९९ डलर भएको बताइएको छ। यो कुनै पनि अमेरिकी कम्पनीको हालसम्मकै सबैभन्दा धेरै त्रैमासिक नाफा हो।

एप्पलको आम्दानीको अधिकांश हिस्सा आइफोनबाट आउने गर्दछ। डिसेम्बरसम्मको त्रैमासमा एप्पलले ९१ अर्ब ८० करोड डलर बराबरको आम्दानी गरेको छ। कम्पनीको यो आम्दानी हालसम्मकै धेरै हो। गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको आम्दानी ८ प्रतिशत धेरै हो। कुल आम्दानीमा आइफोनको हिस्सा ६१ प्रतिशत रह्यो। सो अवधिमा आम्दानी छुट्टीको सिजन भएकाले डिसेम्बर त्रैमासको विक्री एप्पलका लागि महत्वपूर्ण हुने गर्दछ।

यसैगरी कम्पनीले जनवरी–मार्च त्रैमासमा ६३ देखि ६७ अर्ब डलर आम्दानी हुने अनुमान जारी गरेको छ। एप्पलका लागि अमेरिकापछि चीन एउटा महत्वपूर्ण बजारका रुपमा रहेको छ। कम्पनीको कुल आम्दानीमा चीनको हिस्सेदारी १५ प्रतिशत रह्यो। कीर्तिमानी आम्दानी र मुनाफाको खबरसँगै  एप्पलको शेयरमूल्य बढेको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार