काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एभरेष्ट इन्स्योरन्सले १४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको खुद बीमाशुल्क पनि १५।०८ प्रतिशतले बढेर ३८ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीले ३३ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन बापत ८ करोड ६४ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ४ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३४ करोड ८७ लाख रुपैयाँ र बीमा कोषमा ४० करोड ८ लाख रुपैयाँ सञ्चित छ । कम्पनीले ८३ हजार २८९ वटा बीमालेख जारी गरि ७८ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै कम्पनीले यस अवधिमा ४ हजार १५७ वटा दाबी बापत ६८ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार ८६४ वटा दाबी बापत १ अर्ब १७ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।