काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको फागुन २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश गरी कूल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्रको लाभांश पाउने छन् ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड रुपैयाँ नाघ्ने छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७३–७४ र आर्थिक वर्ष २०७२–७३ को नाफाबाट सेयरधनीलाई क्रमशः १० प्रतिशत र २० प्रतिशत लाभांश वितरण गरेको थियो ।