free website hit counter

एभरेष्ट बैंकको २५ प्रतिशत लाभांश

beemaadmin
२०७६ आश्विन २७, सोमबार

अघिल्लो आर्थिक वर्षमा २० प्रतिशत लाभांश वितरण गरेको एभरेष्ट बैंकले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको छ। असोज २६ गते सम्पन्न सञ्चालक समितिको ३१०औं बैठकले ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २५ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्। हाल ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपैयाँ चुक्ता पूँजी रहेको बैंककले बोनस पश्चात ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८५२ रुपैयाँ पूँजी पुग्नेछ।

एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड खुद नाफा तथा २ अर्ब १८ करोड रुपैयाँ वितरणयोग्य कमाएर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ५७ पैसा कायम गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार