free website hit counter

एभरेष्ट बैंकले ३२औँ वार्षिक साधारण सभा बोलायो

beemaadmin
२०८३ भाद्र २२, सोमबार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न ३२औँ वार्षिक साधारण सभा बोलाएको छ।

बैंकका अनुसार साधारण सभा असोज १४ गते बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै, बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार भदौ ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार