हरेक जीवन बीमा कम्पनिहरुमा काम गर्ने अभिकर्ताहरुको चाहना हुन्छ एमडीआरटी, सीओटी, टीओटी पुग्ने लक्ष्य सदा झै यस वर्ष पनि २०२५ को अन्त्यतिर आईसकेको छ सबैले आफ्नो लक्ष्यमा यो महिना अग्रसर भएर सवै अभिकर्ताले आफ्नो सक्दो लक्ष्य पुऱ्याउनु हुनेछ गत वर्ष पनि एउटा जीवन बीमा कम्पनिले एमडीआरटी मुख्यालयले तोकेको लक्ष्य भन्दा ६ प्रतिशत हुनु पर्नेमा २५ प्रतिशत एकल बीमा शुल्क गणना गरिएको पाईएकोले यदि ती अभिकर्ता एमडीआरटी को रजिष्टर्ड भएको भए सिफारिस गर्ने कम्पनीलाई कानुनी कार्वाही र रजिष्टर्ड वापत बुझाएको युएसडलर ६०० पनि फिर्ता नपाई स्वत वदर हुने कानुन विधिवतै छ ।
जीवन बीमा कम्पनीमा काम गर्नेहरुका लागि एमडीआरटी यो संस्था एकदमै महत्वपुर्ण छ अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने एकदम सम्मानित पद मानिन्छ यसको महत्व र ज्ञानको अभावले हरेक कम्पनीले यसको दुरुपयोग गरेको पाईन्छ । जो व्यक्ति रजिष्टर्ड भएको हुँदैन उसलाई एमडीआरटीको लोगो सहित हरेक कम्पनीले प्रमाणपत्र र सिल्ड त्यो पनि दस्तखत गरेर वितरण गरेको पाईन्छ । जुन कानुनमा अवैध मानिन्छ कम्पनीले एमडीआरटी कार्यक्रम गर्न पाईन्छ तर एमडीआरटी को लोगो र प्रमाण(पत्रमा पनि सहिछाप गरेर दिएको त्यसमा पनि रजिष्टर्ड नभएकालाई त्यो दण्डनीय मानिन्छ ।
कम्पनीले पनि प्रदान गर्ने टि(सर्ट, ब्लेजर, टाई, टोपी अन्य जुनसुकै सामाग्री क्वालिफाई एमडीआरटीलाई प्रदान गर्दा रजिष्टर्ड भएका वाहेक अन्यलाई लोगो राखेर वितरण गर्न अयोग्य मानिन्छ । यसरी यसपटक २०२६ मा गर्ने कार्यक्रमलाई रजिष्टर्ड नभएकालाई लोगो मुक्त सिल्ड ट्रफी अन्य जुनसुकै सामग्रीको व्यवस्था गरियोस यदि नभएमा प्रमाण(पत्र र सिल्डको फोटो इमेल मार्फत एमडीआरटीको मुख्यालयमा पठाईनेछ उक्त लोगो दुरुपयोगमा को को संलग्न छ उनीहरुको सम्पुर्ण विवरण एमडीआरटीको मुख्यालयले रेकर्ड राख्ने हुँदा पछि जुनसुकै समयमा अमेरिका प्रवेशमा वा प्रकृयामा समस्या आन सक्छ । यसरी एमडीआरटी लाई अझ मर्यादित बनाउन हामी सवैको सहयोगको आशा गर्दछौ ।
एमडीआरटी क्वालीफाई भएकाहरुले सामाजिक सञ्जाल प्रयोग गर्दा एमडीआरटीको लोगो राख्दा म त्यसको सदस्य हो कि होईन विचार गरेर मात्र सम्प्रेषण गर्नुहोला होईन भने तपाई पनि एमडीआरटीको रेड नोटिसमा पर्ने सक्नुहुनेछ ।
अन्त्यमा २०२७ को लागि सवै अभिकर्ता सबै एमडीआरटी बनुन यही शुभकामना छ । लेखक एमडीआरटी मुख्यालय सिकागो युएसएको आजीवन सदस्य छु ।