free website hit counter

एलआइसी नेपालका अभिकर्ताको अधिवेशनमा उपस्थित हुन सबैलाई निम्तो

beemaadmin
२०८१ चैत्र १३, बुधबार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी एलआइसी नेपालको पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति अधिवेशन चैत १५ गते हुने भएको छ ।उक्त अधिवेशन मधेश प्रदेशको जनकपुर धाममा विहान ८ बजे सञ्चालन हुने कुरा अधिवेशन परिचालन कमिटीका संयोजक रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । संस्थाको चौथो अधिवेशनलाई तोकिएकै मितिमा सम्पन्न गर्नको लागि नेपाल भरबाट छनौट भएका अधिवेशन प्रतिनिधि तथा संगठन प्रेमि अभिकर्ताहरुलाई उपस्थितीको लागि अधिवेशन परिचालन कमिटी बीमक समिति एलआइसी नेपालले अनुरोध पनि गरेको छ । केही अराजक गतिविधि गर्ने मनस्थितिका साथ भित्रभित्रै केही गतिविधि भइरहेको भन्दै उनीहरुको वहकाउमा नपरी तथा नडाराईकन इमान्दारीता पूर्वक अधिवेशनमा सहभागी भई भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण अभिकर्तालाई आह्वान गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार