free website hit counter

एलआइसी नेपालको बीमा जागरण तथा सचेतना कार्यक्रम सम्पन्न

beemaadmin
२०७९ असार २७, सोमबार

काठमाडौं । एलआइसी नेपालले बीमा सचेतना तथा जागरण अभियानलाई तिव्रता दिएको छ । कम्पनीले तेर्ह्रथुमको म्याङलुङ, सुनसरीको रामधुनी र कालिकोटको मान्मामा जीवन बीमा सम्बन्धी सचेतना एवं जागरण अभियान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेको हो । यहि अवधिमा कम्पनीले निःशुल्क स्वास्थ्य सम्बन्धी जानकारी समेत प्रदान गरेको थियो । ग्रामिण क्षेत्रमा बीमाको विषयमा प्रयाप्त जानकारी नभएको भन्दै कम्पनीले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सहभागीहरुले उत्साह पुर्वक बीमा सम्बन्धी उत्सुकता प्रस्तुत गरेका थिए । कम्पनीका प्रतिनिधिहरुले सहभागीहरुको प्रश्नको उत्तर दिनुका साथै बीमाको महत्वलाई प्रकाश पारेका थिए । कम्पनी सचिव सुदर्शन गिरीको संयोजकत्वमा सञ्चालन भएको कार्यक्रममा बीमा कम्पनीका शाखा प्रवन्धक, कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिति थियो ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार