free website hit counter

एलआइसी नेपालको १७ अर्ब ३९ बीमा शुल्क आर्जन, नाफा बढ्यो

beemaadmin
२०८० श्रावण २९, सोमबार

काठमाडौं । एलआइसी नेपालले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सामान्य गिरावट देखिएको छ । अघिल्लो वर्षको यसै अवधिमा नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नाफा १२ करोडमाथि आर्जन गर्न सफल भएको छ । २ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ संचिती थियो । कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब ४७ करोड रहेको छ । अघिललो वर्ष कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड रहेको थियो । समिक्षा अवधिमा कम्पनीले १२ करोड ४६ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ८ करोड ७४ लाख ७९ हजार नोक्सानीमा रहेको थियो । समिक्षा अवधिमा कम्पनीले १७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १८ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा सामान्य गिरावट भएको छ ।
यस अवधिमा कम्पनीले ८ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ९ अर्ब ६ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले १ प्रतिशतले कम दाबी तिरेको हो । यस अवधिको तथ्याङक हेर्दा कम्पनीको भुक्तानी हुन बाँकी दाबी ३८ करोड २१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ ७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ २५ पैसा रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार