free website hit counter

एलआइसी नेपालद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८१ असार २७, बिहीबार

काठमाडौं । एलआइसी नेपाल लिमिटेडले आफ्ना बीमितको निधनपछि इच्छाइएको व्यक्तिलाई मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित लोकेन्द्रको कर्णाली नदिमा नुहाउने क्रममा डुबेर मृत्यु भएपछि मृतककी श्रीमती शिला शाहीलाई घरैमा पुगेर बीमा दाबी भुक्तानी गरेको हो । सुखड शाखा प्रवन्धक तर्क ढुङाना तथा एजेन्सी म्यानेजर तेज बहादुर रावल सहितको टोलिले लम्की चुहा नपा ३ चिसापानी स्थित मृतकका घरमै पुगि रु ५ लाख बराबरको चेक, किस्ता मिनाहा तथा मासिक ५ हाजरपढाई खर्चको पत्र हस्तान्तरण गरेको हो । कैलालीको चिसापनी स्थित ब्यबसाय गर्दै आयका शाहीको होलिको दिन साथिहरुसङ नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भयेको थियो । उनले सो घट्नाको ४ दिन पहिले मात्र आफ्ना छोराको नाममा एलआइसी नेपालबाट बाल उन्नति जीवन योजना खरिद गरेका थिए । सोही योजना अन्तर्गत किस्ता मिनाहा सुबिधा, दुर्घटना जोखिम तथा मासिक पढाइ खर्चको सुबिधा मृतकका परिवारलाई दिएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार