free website hit counter

एशियन लाइफ इन्स्योरेन्सको शाखा सर्लाहीको हरिऔनमा

beemaadmin
२०७८ मंसिर १३, सोमबार

काठमाडौं। शाखा सञ्जाल विस्तार गर्दैै व्यवसायलाई बढाउने अभियानमा रहेको एशियन लाइफ इन्स्योरेन्सले हरिऔनमा ४५औं शाखा कार्यालय संचालनमा ल्याएको छ।कम्पनीको उपशाखा कार्यालयलाई थप सुविधा सम्पन्न बनाएर शाखा कार्यालयमा स्तरोन्नति गरिएको हो। कम्पनीको प्रदेश २ का प्रमुख रामरुप सहनीले शाखा कार्यालयको एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको हो।उद्घाटन कार्यक्रममा कम्पनीको डेप्युटी रिजनल म्यानेजर पुरुषोत्तम कुर्मी, हरिऔन शाखा प्रबन्धक सरोज केसीका साथै कम्पनिको बरिष्ठ अभिकर्ता, रिलेशनशीप म्यानेजरलगायको उपस्थिति रहेको थियो।
कम्पनीले हाल ४५ वटा शाखा र १०३ वटा उपशाखा कार्यालयहरु मार्फत देशैभरका बीमितहरुलाई घरदैलोमै जीवन बीमा सेवा उपलब्ध गराइरहेको छ।चालू आर्थिक वर्षमा कम्पनीले उपशाखाको स्तरोन्नति गर्ने र नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याउने योजना रहेको छ।

सम्बन्धित समाचार