free website hit counter

एशियन लाइफ १९औँ वर्षमा

beemaadmin
२०८२ चैत्र २२, आईतवार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको १९औँ वर्षमा प्रवेश गरेको छ। १८ वर्षको सफल यात्रापछि कम्पनीले यस अवसरमा बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गर्दै आफ्ना प्रमुख उपलब्धि र वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यसको वित्तीय अवस्था मजबुत रहेको छ। हाल अधिकृत पुँजी ६ अर्ब रुपैयाँ पुगेको छ भने ५ प्रतिशत बोनस सेयर सूचीकरणपछि चुक्तापुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ कायम भएको छ।

Advertisement
Advertisement

हालसम्म कम्पनीले उल्लेखनीय वित्तीय प्रगति गरेको छ। कुल लगानी ५० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने २०८२ पुस मसान्तसम्म जीवन बीमा कोष ५० अर्ब ८५ लाख रुपैयाँ रहेको छ। सुरुदेखि हालसम्म कम्पनीले ६७ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने चालु अवधिमा मात्रै ६ अर्ब ५२ करोड रुपैयाँ संकलन गरेको जनाएको छ।

Advertisement
Advertisement

एशियन लाइफले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्दै बीमा पहुँचलाई व्यापक बनाएको छ। हाल कम्पनीसँग २० लाख ४३ हजारभन्दा बढी बीमालेख, १ लाख २२ हजार अभिकर्ता, ४३५ कर्मचारी तथा १२७ शाखा र उपशाखा सञ्चालनमा रहेका छन्।

कम्पनीले हवाई, पर्यटन, जलविद्युत, बैंकिङ तथा बीमा क्षेत्रलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ। साथै, ‘एशियन क्यापिटल’ यसको सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले आगामी दिनमा अझ सरल, भरपर्दो र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। ‘सबैका लागि सधैंका लागि सुरक्षा’ भन्ने नारासहित अघि बढ्दै कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरण र सञ्चारकर्मीप्रति पनि धन्यवाद व्यक्त गरेको छ।

सम्बन्धित समाचार