free website hit counter

एशियन लाइफले दियो लामा परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७९ कार्तिक ५, शनिबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको ज्यान गएपछि आश्रित परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको हो । बिराटनगर – ५, मोरङ बस्ने ज्ञान कुमारी तामाङको श्रीमान भक्त लामा मोक्तानको यही साउन ३ गते बिरामी भइ उपचारको क्रममा मृत्यु भएकोले निजकी श्रीमती ज्ञान कुमारी तामाङलाई एक लाख पैतिस हजार पाच सय छयासी रुपैयाँको हस्तान्तरण गरेको हो । उक्त चेक बिराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले हस्तान्तरण गरेका हुन् । मृतकले यस कम्पनीमा साबधिक जीबन बीमा योजनामा १ लाख १ हजारको बीमा गरेका थिए । साथै उक्त कार्यक्रममा शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जीबन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार