free website hit counter

एशियन लाइफले बीमा शुल्क आर्जन बढायो

beemaadmin
२०७६ मंसिर १, आईतवार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीलेले चालू आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्टमा ८८ करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको देखिन्छ। यो अघिल्लो वर्षको यहि अवधिको तुलनामा ३०.२२ प्रतिशत अर्थात २० करोड २६ लाख रुपैयाँले बढी हो। गत वर्षको यहि अवधिमा इन्स्योरेन्सले ६८ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।
कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ३४ करोड ९८ लाख रुपैयाँ, बीमालेख धितो एक अर्ब ७२ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेर २ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले बीमाङ्कीय मूल्याङ्कन अघि ४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत बर्षको यहि अवधिको तुलनामा २ करोड ३३ लाख रुपैयाँ अर्थात १३७।८७ प्रतिशतले बढी हो। गत बर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ६९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी २ अर्ब एक करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जीवन बीमा कोषमा १७ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ, जगेडा कोषमा ४० करोड ५४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ३० लाख रुपैयाँ सञ्चित छ ।
हालसम्म २ लाख ७७ हजार ७५० बीमालेख रहेको कम्पनीले कुल २१ अर्ब १० करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा ५ हजार ५६ दाबी वापत एक अर्ब २५ करोड ७३ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ८२ दाबी वापत २ करोड ५३ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार