माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ। सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा घोषणा गरिएको हो।
यस वर्ष एसईईमा सहभागीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ विद्यार्थी रहेका छन् भने जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ विद्यार्थी ग्रेडेड भएका छन्। त्यस्तै, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी रहेका छन्।
यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ विद्यार्थी, जीपीए २.० देखि २.४ सम्म ५ हजार १९० विद्यार्थी तथा जीपीए १.६ देखि २.० सम्म ७ विद्यार्थी रहेका छन्।