free website hit counter

एसियन लाइफको बीमा शुल्क ७ अर्ब नजिक

beemaadmin
२०७९ श्रावण ३०, सोमबार

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ अर्ब ८० करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १७।१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय घटेर २४ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो २५ करोड ७ लाख रुपैयाँ रहेको थियो। यो अवधिमा कम्पनीले १ अर्ब ४६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४७।४८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ९९ करोड ३२ रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च घटेर ७२ करोड ८० लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ७४ करोड २८ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार २१।१८ प्रतिशतले बढाएर ३२ अर्ब ९ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषमा २६ अर्ब ४८ करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म ८९ करोड ९२ लाख रुपैयाँ रहेको रिजर्भको आकार ३५।१० प्रतिशतले घटेर ५८ करोड ३६ लाख रुपैयाँमा खुम्चिएको छ।
चौथो त्रैमासमा कम्पनीले १६ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफामा ३३।३८ प्रतिशतको संकुचन आएको छ। समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ४ लाख ३७ हजार ४२ पुगेको छ। अघिल्लो वर्ष यो संख्या ३ लाख २५ हजार ६१ रहेको थियो।
चुक्तापुँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ६.६७ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस १२.६५ रुपैयाँ थियो। पीई रेसियो ८६.०४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.३७ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

चैतका लागि बैंकको ब्याजदरमा घटबढ

beemaadmin
२०८१ फाल्गुन २९, बिहीबार

सानिमा जिआईसीले बोलायो सभा

beemaadmin
२०८१ फाल्गुन २८, बुधबार