काठमाडौं । माघ १४ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य बढेर पुनः ऐतिहासिक उचाईमा पुगेको छ । पछिल्ला ५ दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउँदै बढ्ने क्रममा रहेको हो ।यस दिन सुन प्रतितोला ९ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सुनको मूल्यले नयाँ उचाई बनाएको हो । यस दिन चाँदीको मूल्य तोलामा ४३० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस दिन चाँदीको मूल्यले पनि सोमबार बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।