काठमाडौंं । माघ पहिलो साताको अन्तिम दिन नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। अघिल्लो कारोबार दिन १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन बढेर १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्यसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन प्रतितोला २० रुपैयाँ बढेर १ हजार ३७५ रुपैयाँ पुगेको छ।