free website hit counter

ओभरडोज सेक्सले निम्त्याएको अपराध

beemaadmin
२०७८ चैत्र १, मंगलवार

एजेन्सी । समाजमा हुने अपराधका घटना पनि परिपरिका छन् । एक महिलालाई सेक्सको ओभरडोजबाट आफ्ना श्रीमानको हत्या गरेको आरोप लाग्यो । त्यसपछि उनका छिमेकीहरु र उनका श्रीमानका अनफन्तहरु जुटे र महिलामाथि आक्रमण गरे । पछि घटनास्थलमा पुलिस आइपुग्यो र महिलालाई बचायो । घटना नाइजेरियाको एनम्ब्रा राज्यको हो । यहाँ अगुलेरी समुदायका एक पुरुषको मृत्यु भएको थियो ।

मृतकका आफन्त र छिमेकीहरुले महिलामाथि आफ्ना पतिलाई सेम्सको ओभरडोजबाट मारेको आरोप लगाएका छन् । यो घटनाको एउटा भिडियो पनि भाइरल भएको छ । भिडियोमा महिला आफ्ना पतिको शवको नजिकै नग्न अवस्थामा बसिरहेकी देखिएकी छिन् । समुदायका मानिसहरुले उनीमाथि गालीगलौज गरिरहेको भिडियोमा सुन्न सकिन्छ । पुलिसले स्थानीय समाचार वेबसाइट पंचएनजी डटकमसँग कुरा गर्दै भिडियोमा कुनै छेडछाड नगरिएको र त्यही भिडियो नै सही भएको बताएको छ ।

पुलिसका अनुसार महिलालाई कुटपिट गरेको आरोपमा एक आरोपीलाई गिरफ्तार गरिएको छ । एनम्ब्रा राज्य पुलिसका प्रवक्ता तोचुकु इकेंगाले भने ‘अगुलेरीमा आक्रोशित भिडको बीचबाट एनम्ब्रा पुलिसले एक महिलालाई बचाएको छ ।’ यो कारवाही उक ट्रेण्डिङ भिडियोको आधारमा गरिएको हो । यो भिडियोमा एक महिलालाई सार्वजनिक रुपमा हिंसा र अपमान गरिएको थियो र उनलाई आफ्ना पतिको मृत्युको जिम्मेवार भनेर कुटपिट गरिएको थियो ।

पुलिस प्रवक्ताले अगाडि भने ‘पुलिस कमिश्नर इचेंग इचेंगले यो घटनालाई बर्बर बताएका छन् । मामिलासँग जोडिएका एक संदिग्ध पुलिसको हिरासतमा छन् । भिडियोको जाँच भइरहेको छ ताकि अन्य संदिग्धहरुको पहिचान हुन सकोस् र गिरफ्तार गरेर उनीहरुमाथि कारवाही गर्न सकियोस् ।’ पुलिस प्रवक्ताका अनुसार मृतकको शवलाई पहिले नै गाडिसकिएको छ । भिडियो ट्रेण्ड भएपछि महिलालाई उद्धार गरियो र अहिले उनको उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार