free website hit counter

ओरालो लाग्यो नेप्से, २ अर्ब ९ करोडको कारोबार

beemaadmin
२०८० श्रावण २९, सोमबार

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार ३।६१ अंकले घटेको हो । ०.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७७.२४ अंकमा ओर्लिएको छ । आज २७९ कम्पनी ५४ लाख १७ हजार ९ सय २८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६ सय ३८।३० रुपियाँ बराबरको कारोबार भएको हो । समग्रमा बजार घटेको दिन आज थ्री स्टा हाइड्रो र सुपर स्याङ्गे हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९८ र ९.९७ प्रतिशतले नाफा कमाएका छन् । यता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४६ प्रतिशतले घाटा व्यहोरेका छन् । आज आईएमई लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड २४ लाख ४१ हजार ९ सय ४९.६० रुपियाँ बराबरको किनबेच भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन हिजो १४।८१ अंकले बजार बढ्दा ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५ सय १२।२६ रुपियाँ बराबरको कारोबार भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार