free website hit counter

ओली र प्रचण्डको अडानले उपसभामुख उत्साहित

beemaadmin
२०७६ पुष १७, बिहीबार

काठमडौं । सभामुख चयनका लागि सहमति जुट्न नसकेपछि संसद पटक पटक स्थगित हुँदै आएको छ । सहमति खोज्ने नाममा पुस २७ गतेसम्मका लागि संसदको बैठक स्थगित गर्न लगाएको सत्तापक्षले अहिलेसम्म सभामुख चयनको विषयमा ठोस निर्णय लिन सकिरहेको छैन ।

सभामुखको उम्मेदवार छनोटका सन्दर्भमा आधिकारीक निर्णय नआइसकेका कारण उपभामुख डा. शिवमाया तुम्बाहाम्फेले पनि पदबाट राजीनामा दिने कुरा ओझेलमा परेको छ । उपभामुख तुम्बाहाम्फे आफैं सभामुखको दाबेदार रहेका कारण उनले पदबाट राजीनामा दिने कुरा आफ्ना लागि सभामुख पद सुनिश्चित हुने कुरासँग जोडिएको स्रोतको दाबी छ ।

उपसभामुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीको दरिलो साथ छ भने संसदमा प्रतिनिधित्व गर्ने सत्तापक्ष र विपक्ष दलका महिला सांसदहरुको पनि उत्तिकै साथ दिइरहेका छन् । त्यही आड भरोसाले गर्दा उनले राजीनामा दिने कुरालाई टार्दै आइरहेकी छिन् । यतिसम्मकी संसदको नियमावलीमै नभएको कुरा संसदको पहिलो बैठकको अध्यक्षता समेत उनले जबर्जस्ती गर्न खोजेपछि सत्तापक्ष र विपक्षी दलले ठिकै छ भनेर समर्थन जनाएका थिए ।

अहिले आएर सभामुखको निर्वाचन कार्यतालिका संसदबाट घोषणा गरेर मात्रै राजीनामा दिने नयाँ अडान अघि सारेकी उपसभामुखको कदमप्रति सत्तापक्षकै सांसदहरु समेत सन्तुष्ट छैनन् । नेकपाकै एक पक्ष भने अनुभवी र कानुनका ज्ञाता समेत भएका कारण उनलाई सभामुख दिँदा फरक नपर्ने अडानमा छन् भने प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीलाई समेत सहमतिमा ल्याउन सक्ने पूर्व सभामुख सुभाष नेम्वाङलाई पुनः सभामुख बनाउन लागि परेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पूर्व माओवादीको कोटामा परेको सभामुख पद फेरि पनि पूर्व माओवादी समूहले नै पाउनुपर्ने अडानमा रहेका कारण त्रिपक्षीय अडानको बन्दी सभामुख छनोट प्रक्रिया हुँदा संसद समेत अनिर्णयको बन्दी बन्न पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार