काठमाडौं । पुराना बीमा कम्पनीहरूबीच बोनस दरमा प्रतिस्पर्धा चलिरहेको छ । थोरै मात्रामा भए पनि बोनस दरमा तलमाथि भइरहेको हुन्छ । कम्पनीहरुले कसले बढि बोनस दिने भन्ने प्रतिस्पर्धा पनि चलिरहेको छ ।
यही बीचमा हामीले नेपालका तीन बीमा कम्पनीको बोनस दरको तुलना गरेका छौं । यसमा नेशनल लाइफ, नेपाल लाइफ र एलआइसी नेपालको बोनस दरको तुलना गर्दा एलआईसी नेपाल बढी बोनस दिने कम्पनीको रुपमा देखिएको छ । यही बेला लाइफ इन्स्योरेन्स कर्पोरशेन नेपाल (एलआइसी) ले ५–१५ अवधिमा प्रतिहजार प्रतिवर्ष ६६ रुपैयाँ बोनस दर तोकेको छ भने नेपाल लाइफको ६५ र नेशनल लाइफको ६४ रुपैयाँ रहेको छ ।
त्यसैगरी २० वर्षे बीमालेख योजनामा एलआईसी नेपालले ७० रुपैयाँ कायम गर्दा नेपाल लाइफ र नेशनल लाइफले ६५ रुपैयाँ तोकेका छन् । जीवन बीमामा विभिन्न प्रकारका बीमालेखहरुको प्रचार गरिए पनि सावधिक जीवन बीमा नै चलन चल्तिका र प्रतिफलपूर्ण हुन्छन् । यसैको परिमार्जित स्वरुप भनेको धनदृृष्टि, धनफिर्ता, बाल बीमा, पेन्सन योजना लगायतका परिमार्जित स्वरुप पनि सावधिक अन्तर्गत नै पर्दछन् ।