free website hit counter

कतारी नागरिक हत्याको बदला एक नेपालीलाई मृत्युदण्ड

beemaadmin
२०७७ जेष्ठ ८, बिहीबार

युएई । हत्या अभियोग लगाइएका एक नेपाली युवालाई कतारमा मृत्युदण्ड दिइएको छ । महोत्तरीको औराही–१, का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो । चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाइएको थियो। तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो। उनले नुयमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए। चौधरीलाई मृत्युदण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ। नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएको छ । कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिएको बताइएको छ । नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो ।भने कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको पनि यो पहिलो हो । कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा १० जना जेलमा छन् । कतारमा मृत्युदण्ड पाएका नेपालीहरु अरु पनि भए पनि उनीहरुको मृत्युदण्डको सजाय कार्यान्वयन भइसकेको छैन । चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । क्लिनिङ कम्पनीमा सामान्य मजदूरको हैसियतमा काम गर्थे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार