free website hit counter

कर्णाली प्रदेशमा बीमा अभिकर्ता तालिम

beemaadmin
२०७६ मंसिर ८, आईतवार

काठमाडौं । कर्णाली प्रदेशमा पहिलोपटक तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ। राष्ट्रिय बीमा संस्थान सुर्खेत शाखाले आयोजना गरेको तालिम मङ्सिर ५, ६ र ७ गते भएको थियो । उक्त कार्यक्रममा ३३ जनाले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बीमा र यसको महत्व, सिद्धान्त र प्रकारहरु बीमा एन नियामावली तथा बिनियामावलीहरु बीमा संस्थानमा प्रचलित बीमालेखहरु बीमा बजारीकरण र अभिकर्ता व्यवसाय वृद्धिका तरिकाहरुका बारेमा प्रशिक्षण दिएको थियो।
यसैगरी, कार्यक्रममा संस्थानका प्रसासक कविप्रसाद पाठकले संस्थानको भावी कार्यदिशा यस क्षेत्रको विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा सहभागीहरुलाई प्रशिक्षित गराएका हुन् ।
त्यसैगरी, उक्त संस्थानका सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले बीमाको इतिहास र राष्ट्रिय बीमा संस्थानको परिचय तथा काम कर्तव्यबारे प्रशिक्षित गराएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार