free website hit counter

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

beemaadmin
२०८३ श्रावण २३, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार उनीहरूलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बैंकका सीईओ शाहसहित नेपालगन्ज उपमहानगरपालिका–१२ की ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया सुभेच्छा श्रेष्ठ रहेका छन्। शाहको घर पनि नेपालगन्ज–१२ मै रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

उनीहरू बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई थप कानुनी कारबाहीका लागि शुक्रबार नै उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा उपस्थित गराइएको छ।

Advertisement
Advertisement

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भएपछि यसको व्यवस्थापन नेपाल राष्ट्र बैंकले सम्हाल्दै आएको छ। राष्ट्र बैंकले खटाएको व्यवस्थापन समूहको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको र सोही क्रममा उनीहरूविरुद्ध मुद्दा दायर भएको जनाइएको छ।

सम्बन्धित समाचार