free website hit counter

कस्तो छ पूर्वरानी कोमलको स्वास्थ्य अवस्था

beemaadmin
२०७८ बैशाख २०, सोमबार

काठमाण्डौ । नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ। कोरोना संक्रमण भई विगत ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना रहेकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो। उनलाई हाल आईसीयूमै राखेर उपचार भइरहेको छ। अक्सिजनको हाई फ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पताल स्रोत बताउँछ। नर्भिकमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार