free website hit counter

कहाँबाट आयो रामबहादुर बम्जनको घरबाट ३ करोड

beemaadmin
२०८० पुष २५, बुधबार

काठमाडौं । हत्या, अपहरण तथा यौनहिंसा आरोपमा मंगलबार काठमाडौँमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ। काठमाडौँको बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) जानकारी दिएको छ। सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार मंगलबार साँझ बम्जन पक्राउ गरिसकेपछि बूढानीलकण्ठस्थित उनको घर खानतलासी गर्दा उक्त रकम फेला परेको हो। उनलाई पक्राउ गरिसकेपछि हामीले बूढानीलकण्ठस्थित बम्जनको घरमा राति खानतलासी गरेका थियौँ, एआईजी ब्रजाचार्यले भनिन्, हजार, हजारका नोट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ फेला पर्‍यो। एआईजी बज्राचार्यका अनुसार केही मात्रामा विदेशी मुद्रा तथा १५ वटा मोबाइल, ल्यापटप र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार