free website hit counter

कान्छि श्रीमतीको हत्या

beemaadmin
२०७७ बैशाख २८, आईतवार

चितवन । झगडाको बिउ ठूलो चाहिँदैन । सामान्य विषयले पनि मानिसको ज्यान जान सक्छ । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका ९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो । हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।
परीक्षणका लागि मृतकको शव भरतपुर अस्पताल ल्याइएको छ । उनका दुई श्रीमती रहेको जनाइएको छ । मञ्जु कान्छी हुन् । घटनाको अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार