free website hit counter

कान्तिपुर सहकारीका १२ जनाविरुद्ध डेढ अर्बको ठगी मुद्दा दायर

beemaadmin
२०८० फाल्गुन २९, मंगलवार

काठमाडौं । नियामक निकाय बलियो नहँुदा आर्थिक कारोबार गर्ने वित्तिय संस्थाले गरेका अपराध मैदानमा छताछुल्ल हुनेक्रम जारी छ । राजधानीको मीनभवनस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका १२ जना सञ्चालकविरुद्ध प्रहरीले ठगी मुद्दा दायर भएको छ । संस्थाका सदस्यहरूको पैसा हिनामिना गरेको अभियोगमा प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । सहकारी संस्थाका ८५२ जना सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी सहकारी ठगीको मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार हालसम्म एक जना सञ्चालक पक्राउ परेका छन् । बाँकी फरार छन् । उनीहरूलाई फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई पक्राउ गरी गत महिना अनुसन्धान थालेको थियो । संस्थाका पूर्वअध्यक्ष सिबी लामा, सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धव पाण्डे र अम्बिका थपलिया फरार छन् । कान्तिपुर सहकारीलाई सहकारी विभागले समस्याग्रस्त घोषणा गरिसकेको छ । यस सहकारीमा सर्वसाधारणको करिब ६ अर्ब रुपियाँ फँसेको छ । उक्त पैसा लिन सदस्यहरुले पटक पटक सहकारीको कार्यालयदेखि सहकारी विभागमा समेत धर्ना दिँदै आएका थिए । पछि जारी थपिँदै गएपछि समस्याग्रस्त घोषणा गरिएको हो । सञ्चालकहरूले नियमविपरीत संस्थाको पैसा निजी व्यवसायमा लगाएर फिर्ता गर्न नसकेको प्रहरकिो भनाई छ । उनीहरुले सदस्यको पैसा अस्पताल, रिसोर्ट तथा घरजग्गामामा लगानी गरेको पाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार