free website hit counter

कालिजको बीमा हुने बाटो खुल्यो

beemaadmin
२०७६ चैत्र ३, सोमबार

काठमाडौं । जंगली भनिएका पशु तथा पंक्षीलाई व्यवसायिक रुपमा पाल्ने प्रयास हुन थालेका छन् । बीमा समितिले बाली तथा पशुपन्छी बीमा अन्तर्गत कालिज बीमालेख जारी गरेको छ ।  कानुनले निषेध गरिएका बाहेकका फिजेन्ट जातका घरपालुवा पन्छी कालिजको बीमा गर्न समितिले निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गरेको हो । समितिले बाली तथा पशुपन्छी बीमा अन्र्तगत कालिज बीमालेख लागू गरको भएपनि सरकारले दिने अनुदानको भने व्यवस्था नभएको जनाएको छ । सरकारले कृषि तथा पशुपन्छी बीमा अन्र्तगत कुल बीमांक रकमको ७५ प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ । समितिको निर्देशन अनुसार कालिज बीमामा किसानहरुले उक्त अनुदान नपाउने भएका हुन ।

पछिल्लो समय नेपालमा कालिजको व्यवसायिक पालन बढेसंगै बीमा समितिले कालिज बीमाको व्यवस्था गरेको जनाएको छ । उक्त बीमालेख अनुसार बीमा गरिएका पन्छी (कालिज) को आगलागी, चट्याङ, भुकम्प, बाढी पहिरो तथा भूस्खलन, आँधिबेहरी, असिना हिऊ वा तुसारो, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कराणहरु, रोगबाट हुने हानी वा क्षति (बीमकले क्षतिपूर्ति नदिने अवस्थाहरुमा उल्लेखित रोगहरु बहेक) मा रक्षावरण गरिन्छ ।

Advertisement
Advertisement

प्रति पन्छीको बीमांक रकम स्थानीय बजारमा प्रचलित चल्लाको खरिद मूल्य र दाना प्रति केजी खरिद मूल्यको आधारमा बीमांक रकमको निर्धरण हुने समितिले जनाएको छ । बीमित पन्छी मरेमा त्यसको सात दिन भित्र करणसहित बैंक वा सदस्य संस्था मार्फत सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फाराम, बीमित पन्छी मरेको प्रमाण पत्र लगायतको कागजात सहित बीमक समक्ष दाबी गर्नुपर्दछ । बीमालेखमा उल्लेखित एक वर्षको बीमा अवधि भित्र बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमांक रकमको २ लाख रुपैयाँ भुक्तानी पाउने बीमा समितिले जनाएको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार