free website hit counter

किन गर्यौ नि डाक्टर साब तिमीले लामो हात ?

beemaadmin
२०७७ जेष्ठ २९, बिहीबार

काठमाडौं । अपराध र आपराधिक मनस्थिति कहाँ हुँदैन र ? स्वास्थ्य सेवालाई व्यापारको रुपमा विस्तार भइसकेको बेला प्रहरीले चोरी अभियोगमा दुई जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेशकुमार शर्मा छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले चोरीमा संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरेको हो । पाटन अस्पतालको पोटेबल अल्ट्रासाउण्ड मेसिन हराएकोमा उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरिएको बताइएको छ ।
१७ जेठमा बिहान साढे ८ बजे अल्ट्रासाउण्ड सर्भिसिङ कम्पनीबाट भन्दै दुवै जना अस्पतालमा छिरेका थिए । आईसीयू कक्षमा केही नर्स पनि थिए । त्यतिवेला उनीहरुले पोर्टेबल अल्ट्रासाउण्ड मेसिन हेरेको जस्तो गर्दै नर्सको आँखा छलेर उम्काउन सफल भएका थिए । लगत्तै अस्पताल प्रशासनले ललितपुर प्रहरीमा घटनाबारे जानकारी दिएको थियो । बानेश्वरमा एक जना साथीको कोठामा उनीहरुले उपकरण लुकाएको अवस्थामा फेला पारिएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार