free website hit counter

किन दिँदैछन् ओलीका सचिवालयका सदस्यहरुले राजीनामा ?

beemaadmin
२०७६ कार्तिक २३, शनिबार

काठमाडौं । सरकारको कार्यशैलीप्रति चौतर्फी आलोचना भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यहरुले राजीनामा दिने तयारी गरेपछि अहिले राजनीतिक वृत्तमा तरंग फैलिएको छ । सरकार असफल र आलोचनाको केन्द्र बन्नुमा प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरुको मुख्य भूमिका रहेको सत्तारुढ दलबाटै आरोप खेपिरहेका बेला प्रधानमन्त्री स्वयंले आफ्ना सचिवालयका कर्मचारीहरुलाई राजीनामा गर्न दबाव दिएको स्रोतको दाबी छ । राजीनामा दिने तयारीमा रहेका सदस्यहरुमा प्रमुख सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीलगायतका छन् । सचिवालयका सबैलाई हाल राजीनामा गर्न दबाव दिइएको र राजीनामापछि केही सदस्यलाई पुनः ल्याउने तयारी रहेको पनि स्रोतको दाबी छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार