free website hit counter

किन हाने बुबाले २० वर्षीया छोरीलाई गोली ?

beemaadmin
२०७७ माघ २५, आईतवार

बैतडी । बैतडीमा शनिबार बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती महरा (धामी) को गोली हानी हत्या गरेका हुन् ।

शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । “छोरीको हत्या गरेर बुवा फरार रहेका छन्”, उनले भने, “घटना भएको सूचना पाएपछि पुरघाट प्रहरी चौकीबाट टोली खटिएको छ, थप कुरा आउन बाँकी छ ।”

घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रहरीले जनाएको छ । घटनापश्चात फरार रहेका महराको खोजीकार्य तीब्र पारिएको छ । विवाहित छोरी एक महिनादेखि माइतमै बसीरहेकी बुझिएको छ । महराले छोरीमाथि किन गोली चलाए भन्ने खुल्न सकेको छैन ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार