free website hit counter

किनिएको ८ लाख डोज भेरोसेल नेपाल पुग्यो

beemaadmin
२०७८ असार २५, शुक्रबार

काठमाडौं । अनुदानको बाटो कुर्दाकुर्दै खरिद प्रक्रिया ढिलाई भएको भ्याक्सिनको पहिलो चरणमा चीनसँग जीटूजी प्रकृयाबाट खरिद गरिएको कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को ८ लाख डोज काठमाडौं आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको बेइजिङबाट ८ लाख डोज खोप आज बिहान काठमाडौं ल्याएको हो। तीन चरणमा कोरोना विरुद्धको खोप ल्याउने कार्यतालिका बनाएको वाइडबडीले पहिलो चरणमा ८ लाख डोज खोप ल्याएको हो। चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खरीद गरिएको खोपको पहिलो चरणमा निगमको जहाजले ८ लाख डोज खोप ल्याएको हो। आज ल्याइएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, फेरि दोस्रो खेपका लागि असार ३१ गते निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ। त्यस्तै तेस्रो खेपमा खोप ल्याउन निगमको जहाज साउन ७ मा चीन जाने भएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार