free website hit counter

किमलाई पनि झुकाउने के थियो त्यो घटना ?

beemaadmin
२०७७ आश्विन ९, शुक्रबार

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाका एक अधिकारी मारिएकोमा माफी मागेका छन् । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले यसबारे जानकारी दिएको हो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार किमले दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग उक्त घटना नहुनु पर्नेथियो भनेका छन् ।
दक्षिण कोरियाका अनुसार ४७ वर्षका एक व्यक्ति कथित रुपमा उत्तर कोरियाबाट भाग्ने कोसिस गरिरहेका थिए । उनलाई उत्तर कोरियाका सैनिकले पानीमा यात्रा गरिरहेको देखे । दक्षिण कोरियाका अनुसार त्यसपछि उनलाई गोली हानिएको र उनको शव जलाइएको थियो ।
उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा भारी सुरक्षा हुन्छ । त्यहाँ कोरोनाभाइरसका कारण बाहिरी देशबाट मानिसहरुको आवतजावत रोक्ने उद्देश्यले मानिसलाई देख्ने बित्तिकै गोली हानिदिने आदेश जारी गरिएको छ ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसका अनुसार किम जोङ उनले राष्ट्रपति मूनलाई एक पत्र लेखेर माफी मागे । किमले यसमा लेखेका छन्, ‘मलाई राष्ट्रपति मून र दक्षिण कोरियाली जनतालाई निराश बनाएकोमा असाध्यै खेद छ ।’
उत्तर कोरियाले दक्षिण कोरियालाई यो घटनाबारे गरिएको अनुसन्धानको निष्कर्ष पनि सुम्पिएको छ । यसमा बताइए अनुसार ती व्यक्तिमाथि १० भन्दा बढि गोली हानिएको थियो जब उनी दक्षिण कोरिया तिरबाट उत्तर कोरिया आएका थिए र उनले आफ्नो पहिचान बताउन अस्विकार गरेपछि भाग्ने कोसिस गरेका थिए । दक्षिण कोरियाले ती व्यक्तिको शव जलाएको बताए पनि उत्तर कोरियाले भने ती व्यक्तिको शव नजलाइएको स्पष्ट पारेको छ । यद्यपि, ती व्यक्ति जुन सामानमा तैरँदै आएका थिए, त्यो भने जलाइएको बताइएको छ ।
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा निर्देशक सुह हूनले यो पत्रबारे जानकारी दिँदै भने, ‘सैनिकले गोली चलाएपछि घुसपेठ गर्ने अज्ञात व्यक्तिलाई खोज्न सकेनन्, त्यसपछि महामारीको रोकथामका लागि लागू गरिएको आपतकालीन प्रबन्ध अनुसार त्यो सामान जलाइदिए ।’ स्रोतः बीबीसी

 

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार