रौतहट । आफ्नै क्लिनिकमा काम गर्ने १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा रौतहट स्थित एक निजी स्वास्थ्य क्लिनिकका सञ्चालक पक्राउ परेका छन् । जिल्लाको पश्चिमी भेग फतुवा विजयपुर वडा–४ का ५२ वर्षीय टेकबहादुर चौधरीले आफ्नै सहयोगीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
लामो समयदेखि विजयपुर बजारमा क्लिनिक सञ्चालन गर्दै आएका चौधरीविरुद्ध ती किशोरीले जबरजस्ती करणी गरेको लिखित उजुुरी आएपछि मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिएका छन् । जबरदस्ती करणी मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत गौरले चौधरीलाई ७ दिनको म्याद दिएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ । आरोपी चौधरी ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको र अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पिडित बालिका केही महिनाको गर्भवतिसमेत रहेको स्वास्थ परीक्षणबाट जानकारी आएको प्रहरीले जनाएको छ । आरोपी चौधरीले क्लिनिकमै बालिकालाई पटक–पटक बलात्कार गरेको पिडित परिवारले जनाएको छ ।
बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ
उता, कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–५ इटरोलमा एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने २६ वर्षीय रवीन्द्र केवट पक्राउ परे । राति करिब १२ बजे युवतीका घरमा जबर्जस्ती करणीको प्रयास गरेपछि केवटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताएका छन् ।