free website hit counter

कुन मन्त्रिसँग कति छ सुन ?

beemaadmin
२०८२ चैत्र ३०, सोमबार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। सार्वजनिक विवरणअनुसार मन्त्रिपरिषद्का सदस्यहरू सुनचाँदीको हिसाबले उल्लेख्य रूपमा धनी देखिएका छन्। प्रधानमन्त्रीसहित मन्त्रीहरूसँग कुल करिब ८ सय तोला सुन रहेको उल्लेख गरिएको छ।

विवरण अनुसार प्रधानमन्त्री बालेन शाह र उद्योगमन्त्री गौरी कुमारीसँग सबैभन्दा धेरै सुन रहेको देखिन्छ। प्रधानमन्त्री शाहसँग १९० तोला सुन रहेको छ, जुन उनकी पत्नी सविनाको पैतृक सम्पत्तिबाट प्राप्त भएको जनाइएको छ। उद्योगमन्त्री गौरी कुमारीसँग १८० तोला सुन रहेको छ, जसलाई उनले रुसमा व्यापार गर्दा आर्जन गरेको बताएकी छन्।

Advertisement
Advertisement

अन्य मन्त्रीहरूको विवरण हेर्दा गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला, श्रममन्त्री रामजी यादवसँग ८० तोला र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन रहेको छ।

Advertisement
Advertisement

यसैगरी, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र स्वास्थ्य मन्त्री निशा मेहेतासँग ३०/३० तोला, संघीय मामिला मन्त्री प्रतिभा रावल र शिक्षामन्त्री सस्मित पोखरेलसँग २५/२५ तोला सुन रहेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला, महिला तथा बालबालिका मन्त्री सीता वादीसँग १८ तोला, ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र कानुनमन्त्री सोविता गौतमसँग १५/१५ तोला सुन रहेको छ।

पर्यटनमन्त्री खडकराज पौडेलसँग ११ तोला, सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग करिब ७ तोला र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख छ।

सम्बन्धित समाचार