free website hit counter

कुमारी बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने

beemaadmin
२०७७ कार्तिक ६, बिहीबार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको छ ।

कार्तिक ५ गते बसेको बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार