free website hit counter

कुमारी र देवः को एकीकृत कारोबार सुरु

beemaadmin
२०७७ असार २९, सोमबार

काठमाडौं । एकपछि अर्को गर्दै ठूला बैंकहरु पनि मर्जरमा गइरहेका छन् । कुमारी बैंक लिमिटेडले साविकको देवः विकास बैंक लिमिटेडलाई प्राप्ती गरी असार २८ गतेदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेका छन् । कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ ९अ प्रा०ले संयुक्त रुपमा उद्घाटन गर्दै एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । एकीकृत कारोबारको शुभारम्भ पश्चात् कुमारी बैंकको कूल शाखा एवं एक्सटेन्सन काउण्टर संजाल २१६, एटीएम संख्या १३८ पुगको छ । त्यसैगरी, निक्षेप रु. १२.४ अर्ब, कूल कर्जा प्रवाह रु. ११.२ अर्ब तथा सेयर पूँजी रु. १२.५२ अर्ब पुगेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार