free website hit counter

कुमारीको ऋणपत्रमा देखियो आकर्षण

beemaadmin
२०७६ माघ १६, बिहीबार

काठमाडौं। कुमारी बैंकले निष्काशन गरको सबै डिबेञ्चर बिक्री भएको छ। बैंकले २ अर्ब ३० करोड रुपैयाँको डिबेञ्चर निष्काशन गरेको थियो। बैंकले एक हजार रुपैयाँ अंकित दरका १० वर्ष भुक्तानी अवधिको ऋणपत्र निष्काशन गरेको थियो। यसको बार्षिक ब्याज १०.२५ प्रतिशत छ।

बैंकले सर्वसाधारण लगानीकर्ताका लागि १ अर्ब २० करोड मूल्य बराबरका डिबेञ्चर निष्काशन गरेको थियो भने बाँकी प्राइभेट प्लेसमेन्टबाट बिक्री भएको हो।

बैंकका अनुसार १ अर्ब २० करोड मूल्य बराबरको १२ लाख ९४०प्रतिशत० एकाइ माग गरिएकोमा १ लाख कित्ता बढी आवेदन परेको हो। बाँकी १८ लाख एकाइ भने बैंकले अन्य संघ–संस्थालाई बिक्री गरिसकेको छ।

कुमारी बैंक डिबेन्चर २०८६ लाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सूचक औसतभन्दा राम्रो जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरूलाई चुक्ता पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार