free website hit counter

कृषि बीमाको पहुँच विस्तारमा एनएलजीको पहल

beemaadmin
२०८३ असार २३, मंगलवार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा एकदिने सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीको वार्षिक कार्ययोजना तथा कृषि बीमा प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोहलपुर उपशाखा कार्यालयको आयोजनामा कोहलपुर नगरपालिका–१३ मा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. १३ का अध्यक्ष डम्बरबहादुर खड्काले कृषि तथा पशुपालन क्षेत्रमा प्राकृतिक विपत्ति, रोगव्याधि तथा अन्य जोखिमबाट किसानलाई आर्थिक सुरक्षा प्रदान गर्न कृषि तथा पशुपन्छी बीमा प्रभावकारी माध्यम भएको बताए। उनले किसान तथा पशुपालकलाई बीमाको दायरामा आबद्ध भई आफ्नो उत्पादन र व्यवसाय सुरक्षित बनाउन आग्रह गरे।

एनएलजी इन्स्योरेन्स नेपालगञ्ज शाखाका प्रमुख विवेक भण्डारीले कम्पनीले कृषि तथा पशुपन्छी बीमामार्फत उपलब्ध गराउँदै आएको सेवा, बीमा प्रक्रिया, दाबी व्यवस्थापन तथा बीमाका फाइदाबारे जानकारी गराएका थिए। उनले किसानमैत्री, छिटो र भरपर्दो सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले बीमाको पहुँच विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा कोहलपुर नगरपालिकाको कृषि शाखाका पशु प्राविधिक लोकेन्द्र बी.सी. (बुढाक्षेत्री) र डिल्लीबहादुर खड्काले पशुपालनमा देखिने जोखिम, रोग नियन्त्रण, जैविक सुरक्षा तथा आधुनिक व्यवस्थापनका विषयमा प्राविधिक जानकारी दिएका थिए। उनीहरूले आकस्मिक क्षतिको अवस्थामा बीमाले किसानलाई आर्थिक राहत र सुरक्षा प्रदान गर्ने बताए।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १२ र १३ का ४७ जना किसान, पशुपालक तथा कृषि व्यवसायीको सहभागिता रहेको थियो। सहभागीहरूलाई कृषि तथा पशुपन्छी बीमाको आवश्यकता, बीमा गर्ने प्रक्रिया, दाबीका लागि आवश्यक कागजात तथा जोखिम व्यवस्थापनका विषयमा जानकारी दिइएको थियो। साथै, अन्तरक्रियात्मक छलफलमार्फत सहभागीहरूले राखेका जिज्ञासाको विषयविज्ञहरूले समाधान गरेका थिए।

सम्बन्धित समाचार