free website hit counter

कृषि बीमाको सबै प्रक्रिया एउटै प्लेटफर्ममा

beemaadmin
२०८१ कार्तिक ६, मंगलवार

काठमाडौं । कृषि बीमाको रियल टाइम सफ्टवेयरको आज उद्घाटन गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री रामनाथ अधिकारीले उक्त सफ्टवेयरको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा मन्त्री अधिकारीले किसानलाई उक्त सफ्टवेयरमार्फत बीमालेख जारी गरी हस्तान्तरण गरेका थिए। मन्त्रालय र बीमा प्राधिकरणको सक्रियतामा यो सफ्टवेयर निर्माण गरिएको हो। कार्यक्रममा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले सफ्टवेयरका विषयमा प्रस्तुतीकरण गरेका थिए। प्राधिकरणका प्रवक्ता सुशीलदेव पन्तले रियल टाइम सफ्टवेयर उद्घाटन भएसँगै अब कृषि बीमाको सबै काम र प्रक्रिया एउटै प्लेटफर्मबाट हुने बताए। ‘अब कृषि बीमालेख जारी, अन्डरराइटिङ, दाबी भुक्तानीलगायतका सबै काम उक्त सफ्टवेयरबाट हुनेछ’, उनले भने। कृषि मन्त्रालयले १०० दिनको कार्यप्रगतिअन्तर्गत कृषि बीमाको रियल टाइम सफ्टवेयर ल्याएको हो। यो सफ्टवेयर सञ्चालनमा ल्याउनुअघि बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता भई कार्य गर्न चाहनेलाई प्राधिकरणमा सूचीकरण हुन आह्वान गरेको थियो। प्राधिकरणमा सूचीकृत भएका अभिकर्ताले मात्रै कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता भई कार्य गर्न पाउनेछन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार