काठमाडौं । कृषिका सबै क्षेत्रलाई समेट्न सरकारले कृषि बीमा अनुदान निर्देशिका परिमार्जन गर्ने भएको छ । कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई संशोधन गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले जानकारी गराएका हुन् । मन्त्री भुसालले कृषि उत्पादन बढाउन र अर्थतन्त्रलाई सबल बनाउन कृषि, पशुपन्छी तथा जडिबुटी बीमाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कृषकले अपनत्व महशुस गर्ने, कृषिका सबै क्षेत्रलाई समेट्ने र विद्यमान समस्याहरूको निकास निस्कने गरी कृषि तथा पशुपन्छी बीमा अनुदान निर्देशिका परिमार्जन गर्नका लागि सुझाव दिन सबैलाई आग्रह गरे । मन्त्री भुसालले कृषि तथा पशुपन्छी बीमाको विगत १० वर्षको अनुभवलाई समीक्षा गरी यसलाई अझै प्रभावकारी रूपले अगाडि बढाउनु पर्ने बताएका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव ९पशुपन्छी विकास० डा। दीपककुमार खरालले सरकारले कृषि तथा पशुपन्छी बीमामा उपलब्ध गराउँदै आएको अनुदान रकम निरन्तर रूपमा निकासा हुँदै जाने स्पष्ट गर्दै कृषि बीमालेख निरन्तर जारी गर्न, नियम सङ्गत् रूपमा दाबी रकम भुक्तानी गर्न र कृषकलाई आघात पार्ने कुनै काम नगर्न बीमा कम्पनीहरूलाई आग्रह गरे । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषिबीमा अनुदानबाट लक्षित बर्गले लाभ पाएरनपाएको सहित अनुदानको उपयोगिताका बारेमा अध्ययन गर्नु आवश्यक रहेको उल्लेख गर्दै ठूला कृषि फर्मलाई नभई सीमान्तकृत बर्ग, साना किसान एवम् लक्षित बर्गलाई लाभ पुग्ने गरी कृषि बीमा अनुदानको व्यवस्था हुन सके त्यसको प्रभावकारी बढ्ने बताए । अध्यक्ष सिलवालले भने, कृषि तथा पशुपन्छी बीमाले कृषि क्षेत्रको उत्पादकत्व बृद्धि र गरीबी न्यूनीकरणमा सहयोग पुर्याउँछ । उधारो बीमा गर्न नपाइने भएकाले त्यसलाई ध्यानमा राखी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदान रकम निकासा हुने व्यवस्था गर्नु पर्छ । सरकारले कामको प्रकृति अनुसारको जिम्मेवारी सम्बन्धित निकायलाई दिनुपर्छ । हाल जोखिम बढ्दै गएकाले कृषि बीमालाई दीगो बनाउन रिप्राइसिङ्ग जरूरी छ । स्थानीय तहले कृषि बीमामा अनुदान थप गर्नु भन्दा उक्त रकम बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा उपयोग गरे बीमाको पहुँच विस्तारमा सहयोग पुग्छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ३१ हजार ४१६ कृषि तथा पशुपन्छी बीमादावी फछ्र्यौट भई १ अर्ब ४२ करोड ८३ लाख ८१ हजार रुपैयाँ बराबरको दावी भुक्तानी भएको जानकारी गराए । कार्यकारी निर्देशक पौडेलले कृषि, पशुपन्छी तथा जडिबुटी बीमाअन्तर्गत पशुधन, माछा र पन्छी बीमालेख संशोधनको अन्तिम चरणमा पुगेको र दलहन, स्याउ, ओखर तथा आँप खेती बीमालेखहरू जारी हुने क्रममा रहेको बताए । कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी व्यवस्थाबारे प्रस्तुती दिदै नमूनाका रूपमा मौसम सूचकाङ्क र बाढी सूचकाङ्कमा आधारित बीमाको शुरूवात गरिएको जानकारी गराए ।