free website hit counter

केटी जिस्क्याउने दुई चिनियाँ नागरिक राजधानीबाट पक्राउ

beemaadmin
२०७७ जेष्ठ १८, आईतवार

काठमाडौं। लकडाउनले जनजीवन अस्तव्यस्त भए पनि अपराधका बान्की भने घटेको छैन । हत्या, बलात्कार, चोरी, आत्महत्या जस्ता अपराध बढिरहेकै बेला राजधानीमा केटी जिस्काएको निहँमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौंको क्षेत्रपाटीमा हिँडिरहेका दुई युवतीलाई ती चिनियाँ नागरिकले जिस्काएको निहूमा महानगरीय प्रहरी वृत्त लैनचौरले शनिबार साँझ पक्राउ गरेको हो। पक्राउ परेका नागरिकको बारेमा चिनियाँ राजदूतावासलाई पनि जानकारी गराइसकिएको महानगरीय परिसर काठमाडौले जनाएको छ। परिसरको प्रमुख एसएसपी श्याम ज्ञावालीका अनुसार चिनियाँ नागरिकले युवतीहरुलाई अंग्रेजी भाषामा कफि खान अफर गरेको तर युवतीहरुले आफूहरुले कफी नखाने भन्दै पन्छिपनि उनीहरु युवतीको पछि लागेपछि प्रहरीको शरणमा पुगेका थिए। पक्राउ परेपछि चिनियाँ नागरिकले कफी खना जाउ भनेको प्रस्तावलाई युवतीहरुले स्वीकार गरेकाले आफूहरु उनीहरुसँगै हिडेको स्वीकार गरेका छन्। तर युवतीहरुले भने कफी आज नखाने भोलि मात्रै खाने भन्दा भन्दै पछि लागेकाले प्रहरीको शरणमा आएको बताएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार