free website hit counter

केवाईसी अद्यावधिक गर्न सानिमा रिलायन्स लाइफको आग्रह

beemaadmin
२०८३ असार २३, मंगलवार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सबै बीमित तथा ग्राहकलाई ग्राहक पहिचान विवरण (केवाईसी) अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ।

कम्पनीले मंगलबार सूचना जारी गर्दै नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार ग्राहकको केवाईसी तथा अन्य व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो।

सूचनाअनुसार राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी वा अन्य पहिचान खुल्ने कागजात, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, ठेगाना, सम्पर्क नम्बर, इमेल, पेसा, आयस्रोत वा अन्य विवरणमा परिवर्तन भएको भए आवश्यक प्रमाणसहित नजिकको शाखा वा उपशाखा कार्यालयमा पुगेर केवाईसी अद्यावधिक गर्नुपर्नेछ।

कार्यालयमा उपस्थित हुन नसक्ने ग्राहकले सम्बन्धित अभिकर्तामार्फत वा कम्पनीको वेबसाइटबाट केवाईसी फाराम डाउनलोड गरी आवश्यक विवरण इमेल वा ह्वाट्सएपमार्फत ग्राहक सेवा विभागमा पठाएर पनि अद्यावधिक गर्न सक्ने व्यवस्था कम्पनीले गरेको जनाएको छ।

कम्पनीले नेपाल बीमा प्राधिकरणद्वारा जारी सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८२ को निर्देशन ९(२) बमोजिम केवाईसी अद्यावधिक प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।

सम्बन्धित समाचार