free website hit counter

को हुन् युएइमा १ करोड ८० लाख जित्ने नेपाली

beemaadmin
२०८० बैशाख ३०, शनिबार

काठमाडौं । युएइमा एक नेपाली युवाले ५ लाख दिराम ९१ करोड ८० लाख रुपैयाँ० जितेका छन् । उनले राफल ड्र क्याम्पेनमा यति ठूलो रकम जितेका हुन् । इड उल फित्रको अवसरमा यो राफल ड्र क्याम्पेनको विजेता घोषणा गरिएको हो । यो ड्र ‘शप एण्ड विन’ प्लेटफर्म आइडियल्ज र विश्वव्यापी मनी ट्रान्सफर अपरेटर इन्स्ट्यान्ट क्यासले संयुक्त रुपमा आयोजना गरेका हुन् । अबु धाबीमा बसेर क्लर्कको रुपमा काम गरिरहेका नेपाली युवा शम्भु कुमार महतोले यो पुरस्कार जितेका हुन् । दुबइ आउटलेट मलमा आयोजना गरिएको र त्यहाँको समा दुबइ टिभीले प्रत्यक्ष प्रसारण गरेको दुबइ फेस्टिभल एण्ड रिटेल इस्टाब्लिसमेन्ट्समा उनको नाम भाग्यशाली विजेताको रुपमा छानिएको हो । महतोले विगत १५ वर्षदेखि यस्तो पुरस्कार जित्ने प्रयास गरिरहेका थिए तर सफल हुन सकेका थिएनन् ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार