free website hit counter

को हुन् युएइमा १ करोड ८० लाख जित्ने नेपाली

beemaadmin
२०८० बैशाख ३०, शनिबार

काठमाडौं । युएइमा एक नेपाली युवाले ५ लाख दिराम ९१ करोड ८० लाख रुपैयाँ० जितेका छन् । उनले राफल ड्र क्याम्पेनमा यति ठूलो रकम जितेका हुन् । इड उल फित्रको अवसरमा यो राफल ड्र क्याम्पेनको विजेता घोषणा गरिएको हो । यो ड्र ‘शप एण्ड विन’ प्लेटफर्म आइडियल्ज र विश्वव्यापी मनी ट्रान्सफर अपरेटर इन्स्ट्यान्ट क्यासले संयुक्त रुपमा आयोजना गरेका हुन् । अबु धाबीमा बसेर क्लर्कको रुपमा काम गरिरहेका नेपाली युवा शम्भु कुमार महतोले यो पुरस्कार जितेका हुन् । दुबइ आउटलेट मलमा आयोजना गरिएको र त्यहाँको समा दुबइ टिभीले प्रत्यक्ष प्रसारण गरेको दुबइ फेस्टिभल एण्ड रिटेल इस्टाब्लिसमेन्ट्समा उनको नाम भाग्यशाली विजेताको रुपमा छानिएको हो । महतोले विगत १५ वर्षदेखि यस्तो पुरस्कार जित्ने प्रयास गरिरहेका थिए तर सफल हुन सकेका थिएनन् ।

सम्बन्धित समाचार

सुनको भाउ १ लाख ८० हजार नजिक

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

नेप्सेको सीईओमा चापागाईं नियुक्त

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

गभर्नरमा हुँदैछ एसम्यानको खोजी

beemaadmin
२०८१ चैत्र १८, मंगलवार

लक्ष्मी सनराइज बैंक २४औँ वर्षमा प्रवेश

beemaadmin
२०८१ चैत्र १८, मंगलवार