free website hit counter

कोरियामा युवाले किन गरे आत्महत्या

beemaadmin
२०७७ असार २६, शुक्रबार

सिओल । एक नेपाली युवाले यहाँ आत्महत्या गरेका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ३ वर्षअघि कोरिया आएका अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–१० धनचौरका २३ वर्षीय विक्रम पाण्डेले आत्महत्या गरेका हुन् । पाण्डेले बिहीवार दिउँसो करिब १२ बजे आफ्नै कम्पनीको छतमा झुण्डिएर आत्महत्या गरेका हुन् । पाण्डे बिहीबार डिउटीसमेत गएका थिएनन् । लन्चको समयमा खोजी गर्दा उनी कम्पनीको छतमा मृत्त अवस्थामा फेला परेका हुन् । घटनाको प्रारम्भिरक अनुसन्धानबाट उनले कम्पनीको छतमा झुण्डिएर आत्महत्या गरेको खुलेको छ । घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट शुक्रबार मात्रै आउने पन्थीले जानकारी दिए । विक्रमले आत्महत्या गर्नुको कारण खुलेकोछैन । जानकारी अनुसार ३ वर्षे भिसाको म्यादसकिएपछि उनले भोलिमात्रै भिसा नविकरण गराउने तयारी गरेका थिए । मृतक पाण्डे अविवाहित हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार