free website hit counter

कोरोना कोषमा स्टान्डर्ड चार्टर्डको १ करोड १६ लाख

beemaadmin
२०७७ जेष्ठ ५, सोमबार

काठमाडौं । कोरोना संक्रमणले उग्र रुप लिइरहँदा नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोगी हातहरु थपिनेक्रम बढिरहेको छ । यही क्रममा स्टान्डर्ड चार्टर्ड बैंकले १ करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्भान घोष दोस्तिदारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरे । उक्त अवसरमा दस्तीदारले भने, नेपालमा ३३ वर्षदेखि सेवारत बैंकको रुपमा हामी देशप्रति प्रतिवद्धता दोहोर्याउन चाहन्छौं । हाम्रो ब्राण्डद्वारा गरिएको सहयोगले महामारी नियन्त्रणमा सरकारको कार्यमा योगदान पुग्ने विश्वास छ । मन्त्री भट्टले बैंकलाई सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी, बैंकले यसअघि कोरोनाभाइरसको महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि ग्लोबल फण्डलाई ५० मिलियन डलर सहयोग गरिसकेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार