free website hit counter

कोरोना प्रभावित तेस्रो मुलुकमा अमेरिका

beemaadmin
२०७६ चैत्र १२, बुधबार

एजेन्सी । विज्ञान प्रविधिका हिसावले समेत सम्पन्न मानिएका मुलुकहरु समेत कोरोना संक्रमणका अगाडि नतमस्तक हुनु पर्ने अवस्था सिर्जना भएकोछ । कोरोना संक्रमणका कारण अमेरिकाको न्यूयोर्क शहरमा मात्रै २०० जनाको ज्यान गएको छ। न्यूयोर्कका गभर्नर एन्ड्रयु कुआमोले अहिले त्यहाँ दु्रत गतिको रेल झैं कोरोना फैलिइरहेको बताएका छन्। न्युयोर्क अमेरिकाको सबैभन्दा बढी मानिस बसोबास रहेको शहर हो। यो शहर अमेरिकामा कोरोना भाइरसको केन्द्र नै बनेको छ। न्युयोर्कमा अहिलेसम्म २५,००० भन्दा बढी कोरोना संक्रमणका मामिला भेटिएको छ। अमेरिकामा अहिलेसम्म कोराना संक्रमणका कारण ७५५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा मात्रै त्यहाँ थप २२२ जनाले ज्यान गुमाएका छन्। संक्रमित हुनेको संख्याका हिसाबले अमेरिका तेस्रो बढी प्रभावित मुलुक बनेको छ। त्यहाँ अहिलेसम्म ५४,८०८ जना संक्रमित भेटिएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार