free website hit counter

कोरोना बीमाको भुक्तानी हुन्छ : बीमक संघ

beemaadmin
२०७७ आश्विन २२, बिहीबार

काठमाडौं । कोरोना बीमाको भुक्तानी प्रक्रियामा अनेक समस्या आएको भन्दै कोरोना बीमाकै आलोचना भइरहेको बेला नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानीमा कुनै समस्या नहुने स्पष्ट पारेको छ । आज सार्वजनिक रुपमा सूचना जारी गर्दै नेपाल बीमक संघले कोरोना बीमाको दावी भुक्तानी गर्न कटिबद्ध रहेको जनाएको छ । बीमा पुलका अनुसार कोरोना बीमाको दावी भुक्तानी ६० करोड पुगेको छ ।

आधिकारिक तथ्याङ्क नआए पनि अनौपचारिक रुपमा प्राप्त विवरणमा ६० नाघेको जनाइएको छ । गत साता कोरोना बीमाको दावी भुक्तानी बक्यौता ५१ करोड ८८ लाख थियो । झन्झटिलो प्रक्रियाको कारण दावी भुक्तानी रोकिँदा करिब छ हजार जनाले कोरोना बीमाको दावी भुक्तानी पाएका छैनन् ।

बीमक संघले कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई भएको स्वीकार गरेको छ । संघले कोभिड भाइरस संक्रमण फैलिएर कतिपय बीमा कम्पनी तथा बीमा समिति समेतको कार्यालय सुचारु हुन नसकेको अवस्थाका कारण कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई भएको दावी गरेको छ । संघले कोरोना बीमाको सबै दावी भुक्तानी हुने जनाएको छ । संघले बिज्ञप्तिमार्फत भाद्र २८ गतेसम्म जारी भएका बीमा पोलिसीको कोरोना पोजेटिभ हुने वित्तिकै एक लााख रुपैयाँ पाइने प्रष्ट पारेको छ ।

भाद्र २८ गतेपछि जारी गरिएको बीमा पोलिसी अनुसार बीमितलाई कोरोना भाइरस पुष्टि भएमा २५ हजार र थप उपचार गर्नुपर्ने अवस्थामा ७५ हजार रुपैयाँ अस्पतालको बिल अनुसारको भुक्तानी हुने प्रष्ट पारेको छ । संघले कोरोना बीमाको दावी भुक्तानीमा आउनसक्ने नैतिक जोखिम न्यूनिकरणको उपाय अवलम्वन गर्ने प्रयासका कारण केही ढिलाई भएको दावी गरेको छ ।

यस्तो छ बीमक संघको आग्रह

सम्बन्धित समाचार